Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • काठमाडौं महानगरको गाडी दशैं बिदामा चलाउन नपाइने


    बिहिबार, कार्तिक २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं र तिहार बिदाका बेला महानगरको नाममा दर्ता रहेका गाडी चलाएको पाइएमा कारबाही गर्ने निर्णय गरेको छ ।

    महानगरपालिकाले बिदामा बसेका कर्मचारीले महानगरको गाडी चलाएमा कारबाही गर्ने बताएको हो ।

    महानगरले जारी गरेको सूचनामा भनिएको छ ‘महानगरपालिकाको अत्यावश्यक काममा सवारी साधन प्रयोग गर्नुपर्दा महानगर क्षेत्रभन्दा बाहिर (दमकल, एम्बुलेन्स र फोहोर बोक्ने वा फोहोरसँग सम्बन्धित विषय बाहेक) संचालन नगर्नु हुन अन्यथा कारवाही भइजाने व्यहोरा समेत यसै सूचनद्वारा सूचित गरिन्छ ।’

    त्यस्तै महानगरका कर्मचारीले अन्य विदाको समयमा सवारी पास लिन परे प्रमुख प्रशासकीय अधिकृतबाट अग्रिम स्वीकृति लिनु पर्ने समेत सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार