Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ९५ हजार टन चामल आयात गर्न दिने भारत सरकारको निर्णय


    बिहिबार, कार्तिक २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भारत सरकारले चामल निर्यातमा रोक लगाउने नीतिलाई संशोधन गर्दै यो वर्ष नेपालका लागि ९५ हजार टन चामल निर्यात गर्न दिने निर्णय गरेको छ ।

    भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई निर्यातमा लगाएको रोकसम्बन्धी नीतिलाई संशोधन गरेको जनाएको हो । तर, भारतले बासमतीबाहेकका मोटा चामल मात्रै निर्यातका लागि खुला गरेको जनाएको छ ।

    भारतले बासमतीबाहेकको चामल निर्यातमा खुकुलो नीति लिए पनि नेपाललाई भने खासै असर नपर्ने अधिकारीहरू बताउँछन् । नेपालबाहेक क्यामरुनलाई एक लाख ९० हजार टन, आइभोरिकोस्ट र गिनियालाई समान एक लाख ४२ हजार टन, मलेसियालाई एक लाख ७० हजार टन, फिलिपिन्सलाई दुई लाख ९५ हजार टन र सिसेल्सलाई आठ सय टन चामल निर्यातका लागि खुला गरेको महानिर्देशनालयले सूचनामार्फत जनाएको छ ।

    भारतले चामल निर्यातमा रोक लगाएपछि नेपाली बजारमा मागअनुसार आपूर्ति गर्न कठिनाइ भएको भन्दै मूल्य बढाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार