Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने भारतीय नागरिक बाराबाट पक्राउ


    बुधबार, कार्तिक १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगञ्ज। बाराबाट एमबुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। प्रहरीले भारतीय नम्बर बीआर ०५ पीबी ५५२३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने चालकलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारत, जिल्ला मोतीहारी, पूर्वी चम्पारण, गाविस झिटकैया बस्ने ३२ वर्षीय रामविश्वास पासवान रहेको बाराका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए।

    पासवानको साथबाट साढे दुई किलो गाँजासमेत बरामद गरिएको उनले बताए।

    पक्राउ परेका पासवानलाई एम्बुलेन्ससहित प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको काफ्लेले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार