Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सालकको खपेटासहित टोखाबाट एक जना पक्राउ


    बुधबार, कार्तिक १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सालकको खपेटासहित काठमाडौंबाट एक जना पक्राउ परेका छन्।

    मंगलबार दिउँसो टोखा नगरपालिका वडा नम्बर ६स्थित न्यू खुकुरी फुड फ्याफेबाट सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

    ९३० ग्रामको खपेटासहित टोखा ग्रिनल्यान्ड बस्ने झापाकी ३१ वर्षीया सुष्मा गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।

    सालकको खपेटा बिक्री भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

    उक्त सूचनाको आधारमा खटिएको प्रहरी वृत्त महाराजगञ्जको टोलीले गुरूङलाई पक्राउ गरेको हो।

    यस घटनाको थप अनुसन्‍धान वृत्तले गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार