काभ्रे। काभ्रेमा आज बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान ६ :४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो । सो घटनामा ८ जना भने घाइते भएका छन् ।
मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रमम इलेक्ट्रिक गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना हुँदा गाडी सवार ७ जना र मोटरसाइकलमा सवार २ जना गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा घाइते ९ जनालाई उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पतालमा लगिएको थियो । घाइतेमध्ये गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ की २० वर्षीया रमिला बुढाथोकीलाई उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७:३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने ५१ वर्षीय टंक प्रसाद दाहाल, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं २ की ३० वर्षीया ज्ञानु ढुंगेल, रामेछापकै मन्थली नगरपालिका वडा नं १ का १८ वर्षीय रकिट ढुंगेल, लिखुतामाकोशी गाउँपालिका वडा नं ६ का ३८ वर्षीय अनिल आलेमगर, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ का ३१ वर्षीया उर्मिला घिमिरे, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय राम कुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । ।
इलेक्ट्रिक गाडीका सवारी चालक पनौती नगरपालिका वडा नं ५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend