नयाँदिल्ली । भारत सरकारद्वारा युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो ।
दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । गत साता हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जनाको उद्धार गरेको थियो ।
भारतीय र नेपाली नागरिकको उद्धार गरेर उडेको स्पाइस जेटको विशेष विमान राति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भारतीय समयअनुसार साढे ५ बजे उडेको उक्त विमानले ६ घण्टा लामो यात्रा गरेको थियो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दूतावासका अधिकारीहरूले इजरायलबाट उद्धार गरी ल्याइएका टोलीलाई विमानस्थलमा स्वागत गरेका छन् ।
उद्धार गरिएको टोली बुधबार बिहान १० बजे गड्डाचौकी भन्सार हुँदै महेन्द्रनगर पुग्ने लक्ष्य छ । उद्धार भएर दिल्ली आएका १८ जनामध्ये १४ जना महिला छन् ।
त्यस्तै उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँड, आतिश गुरुङ, जुनु गुरुङ, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की छन् । त्यस्तै, निश्चल श्रेष्ठ, स्मिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ, उर्मिला श्रेष्ठ र लक्ष्मण दुलाल छन् ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend