Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • इजरायलमा फसेका थप १९ नेपालीको उद्धार


    मंगलबार, असोज ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विद्रोही हमास समूहले इजरायलमा आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई नेपाल सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

    यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।

    मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।

    नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ ।

    यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु

    १. नन्दसिंह भुल
    २. सुजेन्द्र खड्का
    ३. प्रतिभा रौनियार
    ४. अनुमा डंगोल
    ५. हिना खाँण
    ६. आतिस गुरुङ
    ७. जुनु गुरुङ
    ८. मौसमी पाख्रिन
    ९. प्रतिमा तिम्सिना
    १०. राजकुमार मानन्धर
    ११. संगीता दुलाल
    १२. उर्मिला रावल
    १३. ममता थापा
    १४. दिलकुमारी अधिकारी कार्की
    १५. निश्चल श्रेष्ठ
    १६. समिता बस्नेत
    १७. अम्बिका सुवेदी
    १८. सरिता गुरुङ
    १९. उर्मिला श्रेष्ठ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार