Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागलुङमा बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट


    मंगलबार, असोज ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बागलुङ। बजार अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान नष्ट गरिएको छ । जिल्ला प्रशासन, नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन तथा उद्योग कार्यालयले अनुगमन गरेर ती सामाग्री नष्ट गरेको हो ।

    म्याद गुज्रेका पेय पदार्थ र बियरलगायत फ्रिजमा राखेर बिक्री गरिरहेको भेटेपछि ती सामान नष्ट गरी व्यवसायीलाई जरिवाना समेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए ।

    चाडपर्व लक्षित बजार अनुगमन गर्ने क्रममा कतिपय पसलमा आधाभन्दा बढी सामान खाली भएका थिए ।

    ‘जुन सामान हेर्‍यो त्यही म्याद नाघेको छ‚’ बरालले भने, ‘आम नागरिकको स्वास्थ्यमा खेलवाड गरेकाहरु कारवाहीको दायरामा आइसकेका छन् ।’ उद्योग वाणिज्य संघले पनि उक्त कारवाहीलाई समर्थन गरेको छ ।

    चिया तथा मिठाइ पसलमा सरसफाइ नगर्ने, गुणस्तरहीन तेल प्रयोग गर्ने समेत भेटिएको हो । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले तेलको गुणस्तर नाप्ने मेसिन लगाउँदा समोसा र जेरी बनाइरहेको तेलसमेत अखाद्य भेटिएपछि पकाइरहेको र बेच्न राखेको मिठाइ, समोसा र जेरी नष्ट गरिएको हो ।

    पानीपुरी मसला र चकलेट तथा हर्लिक्स समेत म्याद नाघेका भेटिएका थिए । ती सामान प्रहरी समेतको उपस्थितिमा लगत राखेर नष्ट गरिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार