Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • आज दिनभर कस्तो रहला मौसम ?


    मंगलबार, असोज ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जल तथा माैसम पूर्वानुमान महाशाखाले आजकाे माैसम पूर्वानुमान गरेकाे छ। जसअनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव रहेको छ।

    हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ।

    दिउँसोː सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बांकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र तराईका एकदुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    रातीः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार