उदयपुर। जिल्लाको उदयपुर गढी गाउँपालिका वडा नं ७ स्थित अधेरी भन्ने ठाउँमा काठमाडौँबाट झापा जाँदै गरेको माइक्रो हायस गाडी दिउँसो १:३० बजे दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा घाइते भएका १८ जना मध्ये २ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि विराटनगर पठाइएको छ ।
बाग्मती प्देश ०१ ००४ क २०७६ नं को हायस गाडीको पछाडि बाया तर्फको टायर खुस्किएर अनियन्त्रित भै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।
टायर खुस्किएर अनियन्त्रित भएको गाडी ५ मिटर तल खसेर सालको रुखमा ठोक्किएर दुर्घटना भएको र घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको सूचना अधिकारी चौधरीले बताए । ।
सो दुर्घटनामा परी घाइते हुनेमा सिन्धुलीको सुनकोशी ५ बस्ने वर्ष २३ को सागर ठकुरी अचेत अवस्थामा रहेकोले थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल रेफर गरिएको छ । अर्का पाँचथर जिल्ला फिदिम नपा ५ का ७२ वर्षिय बलवीर बिकलाई पनि थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य घाइतेहरुमा जिल्ला इलाम सुर्यदय नगरपालिका ९ बस्ने बर्ष ४० की रेणुका गौताम,उनको छोरा बर्ष १५ को अनुपम आचार्य, झापा शिवसतासि नगरपालिका- १ बस्ने बर्ष ३० को निर्देश भट्टराई, उनको बहिनी बर्ष १४ की निकिता भट्टराई रहेका छन्।
यसैगरी सुनसरी बराह्रक्षेत्र नपा- ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्री,झापा मेची नपा-१० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्की,उनको छोरा बर्ष १२ को संयम कार्की, मोरङ पथरी नगरपालिका बर्ष १४ को निरज निरौला, ललितपुर गोदावारीनगरपालिका- ११ बस्ने बर्ष ४७ को बिजय तामाङ,जिल्ला धनकुटा नगरपालिका ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठ, कन्चपुर भिमदत्त नगरपालिका १०बस्ने बर्ष ३४ को मुकेश चन रहेका छन्।
त्यस्तै झापा धुलाबारी बस्ने बर्ष २७ की अन्जु पोख्रेल, धनकुटा सागुरीगढी गाउँपालिका ६ बस्ने बर्ष १८ को रोशन राई, सुनसरी धरान उपनपा १७ बस्ने बर्ष ३० को बिनोद राई,सुनसरी झापा कंकाई नगरपालिका ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठ, भक्तपुर सुर्यविनाय नगरपालिका वडा न। नखुलेको देवी दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल रहेकी छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend