Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडाैंकाे यी ठाउँमा पनि थपियो वान वे, कार्तिक १ गतेदेखि लागू हुने


    सोमबार, असोज २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्तिक १ गतेदेखि लागू हुने गरी थप तीन ठाउँमा एकतर्फी (वान वे) बनाएको छ । महानगर क्षेत्रभित्र थप तीन ठाउँमा वान वे भएको हो।

    महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन कात्तिक १ गतेबाट लागू गर्ने गरी त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी (वन(वे) बनाइएको महानगरले आज एक सूचना जारी गरेर जानकारी दिएको छ ।

    काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल- सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाउने छ ।

    यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार