Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु


    सोमबार, असोज २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया। शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ।

    आइतबार राति करिब सात बजे गुलरिया नगरपालिका—११ का ६० वर्षीय ईस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो।

    गम्भीर घाइते भएका खाँलाई उपचारका लागि बाँके नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाए ।

    उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुधिरराज शाहीले बताए ।

    प्रहरी उपरीक्षक शाहीले भे ७ प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका—९ का सुकदेव थारुलाई नियन्त्रणमा लिइ कारबाही चलाएको जनाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार