काठमाडौँ। हमास समूहको आक्रमणमा मारिएका दश नेपाली विद्यार्थीमध्ये पाँचजनाको शव इजरायल सरकारले आइतबार तेलअभिभस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको छ ।
उक्त घटनामा निधन भएका थप पाँचजनाको शव प्राप्त हुने क्रममा रहेको नेपाली राजदूतावासले जनाएको छ । दक्षिण इजरायलमा रहेको सेडोट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबुज अलुमिममा उनीहरूमाथि २० असोजमा हतियारधारी हमास समूहले आक्रमण गरेको थियो ।
नेपाली राजदूतावासका अनुसार कैलाली घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, दार्चुलाको मल्लिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम गाउँपालिका– ५ दीपेशराज विष्ट र कैलाली बौनियाँका आशिष चौधरीको शव प्राप्त भएको हो ।
डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा, सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह र सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको शव प्राप्त हुने क्रममा रहेको दूतावासको भनाइ छ । ‘घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले भनेको छ । उक्त आक्रमणमा परी घाइते भएका चारमध्ये दुईजना
अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् । दुईजनाको उपचार भइरहेको छ । इजरायलमा रहेका विद्यार्थीहरूमध्ये २५३ जनाको शुक्रबार उद्धार भएको थियो । परराष्ट्रमन्त्री एनपी साउद आफैँ तेलअभिभ पुगेर विद्यार्थीहरूको उद्धार गरेर ल्याएका थिए ।
कैलाली घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, दार्चुलाको मल्लिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्ट र कैलाली बौनियाँका आशिष चौधरीको शव इजरायली सरकारले नेपाली दूतावासलाई बुझाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाउनका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरूसँग आग्रह गरेका छन् । आइतबार बिहान अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अनुरोध गरेका हुन् ।
प्रत्यक्षदर्शी नेपालीहरूले बताएअनुसार विपिन हमास समूहको कब्जामा हुन सक्ने परराष्ट्रमन्त्रीको भनाइ थियो । ‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको वेलामा आक्रमणकारीले छोटो समयमा पटक–पटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेट फालेको देखिन्छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेट फाल्दा एउटा नपड्किँदै विपिनले ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ ।’
प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेर लगेको उनले बताए । ‘त्यसदेखि नै उनी अज्ञात अवस्थामा छन्, उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ परराष्ट्रमन्त्री साउदले भने, ‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौँ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend