Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते


    आइतबार, असोज २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ। तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाइते भएकी प्रहरीले जनाएको छ ।

    शनिबार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको बेला चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । घर देखि १० मिटर लगेको अवस्थामा निजकै बुवाले थाहा पाई तत्काल उद्धार गरेको प्रनाउ खाँडले जानकारी दिए ।

    घाइते बालकको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सय तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार