Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • हेर्नुहोस् आजको मौसमः पहाडी भू–भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना


    आइतबार, असोज २८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जल तथा माैसम पूर्वानुमान महाशाखाले आजकाे माैसम पूर्वानुमान गरेकाे छ। जसअनुसार हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

    जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार