Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारबाट कृष्ण पहाडी सहितका अधिकारकर्मी पक्राउ


    शुक्रबार, असोज २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

    विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो ।

    प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी थिए । समाजले १६ जना अधिकारकर्मी पक्राउ परेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार