Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु


    शुक्रबार, असोज २६ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा : झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिला पैदल यात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा पैदल यात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देविमाया थामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    बिर्तामोड नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री थामीलाई ठक्कर दिएको थियो।

    घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। यता घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका-४ का ३९ वर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार