Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • गुण्डा नाइके रिगलविरुद्धको मुद्दाको सुनुुवाइ १४ कात्तिकलाई सर्‍यो


    बिहिबार, असोज २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आममाफी पाएका हत्या अभियुक्त तरुण दलमा आवद्ध गुण्डा नाइके ‘रिगल’ उर्फ योगराज ढकालविरुद्धको मुद्दाबाट पन्छिएका छन् ।
    आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै उनले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।
    आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनवाइ सुरु भएको थियो ।
    तर, केहीबेर दुवै पक्षको बहस सुनेपछि खाजा समयका लागि इजलास स्थगन गरियो । तर, त्यसपछि बसेको इजलासमा प्रधानन्यायाधीशले यसअघि आफूसहित तीनै न्यायाधीशले यस्तो खालको मुद्दा हेरिसकेकाले ‘रिक्युजल’ को घोषणा गरेका हुन् ।
    अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ । अब नयाँ न्यायाधीशको इजलासमा सुरुबाटै सुनवाइ हुने छ ।
    यसअघि डा.मनोज शर्माको एकल इजलासले भारतीको रिटमाथि प्रारम्भिक सुनुवाईका क्रममा ८ वटा शर्तसहितको कारण देखाऊ आदेश जारी गर्दै अर्को सुनुवाईको मिति तोकेको थियो ।
    पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने भनी असोज २५ गतेको मिति तोकेर यसमा कुनै पक्ष निवेदन दिएर हटाउन नपाइने र त्यस दिन बिदा भए भोलिपल्ट सुनुवाई गर्ने आदेश शर्माबाट भएको थियो ।
    तर पूर्ण इजलासले कात्तिक १४ मा सारेर अदालतकै आदेशको अवज्ञा गरेपछि सर्वसाधारणले अदालतको आदेश किन मान्ने भन्ने प्रश्न उठेको अधिवक्ता राजाराम घिमिरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार