Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा महेश बस्नेत सहभागी कार्यक्रमका गाडी तोडफोड


    बिहिबार, असोज २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापामा प्रतिपक्षी दल नेकपा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले कार्यकर्ताको गाडी तोडफोड भएको छ ।

    पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको हो ।

    महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीले बताए ।

    कार्यक्रममा अवरोध प्रयाससमेत गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार