Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लियो


    बिहिबार, असोज २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालय स्रोतको भनाइ छ ।

    ‘लुट्न आउँदैछ’ भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको अपराध महाशाखाका प्रमुख शोमेन्द्र राठौरले जानकारी दिए । प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

    उक्त गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ । काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार