काठमाडौं । अर्थमन्त्रालयको नेतृत्व गरिसकेका नेपाल सरकारका सचिव सचिव तोयम रायले अर्थतन्त्रमा सुधार गर्नका लागि १५ वटा सुझावहरु दिएका छन् । हाल राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत रायले सामाजिक संजालमा लेखेका छन्ः
१. सामान्य प्रकारका खर्चहरु जुन केही वर्ष नगर्दा पनि हुन्छ, सो लाई नियन्त्रण गर्नुपर्छ ।
२. दोहोरो जिम्मेवारीमा रहेका निकाय, संस्था खारेज गरिनुपर्दछ ।
३. सल्लाहकारी पदहरुलाई पुनसंरक्षित गरिनुपर्दछ ।
४. उच्च नेतृत्वको सहयोगीका रुपमा रहेका अस्थायी प्रकृतिका पदहरुबाट हुने जवाफदेही लिन नपर्ने पदमा रहनेबाट हुने हस्तक्षेप र कानुनी दायित्व विनाको पदबाट हुने अभिलिखित नहुने कार्य रोकिनुपर्छ ।
५. सार्वजनिक ऋणको प्रयोग आयोजना विशेष निक्र्योल गरेर लाभ हानी विश्लेषण गरेर गरिनुपर्दछ ।
६.राजस्व प्रशासन र व्यवस्थापनमा उपलब्धिमूलक हुनेगरी पुनसंरक्षित हुनुपर्दछ ।
७. सेवा प्रवाह सरकार आफैंले गर्नपर्ने र हस्तान्तरण गर्न सकिने साथै सरकारले नियमन मात्र गर्दा हुने छुट्याई सो को कार्यान्वयन गरिनुपर्छ ।
८. बजेट बिनियोजन गर्दा आयोजना संचालनपूर्व गर्नुपर्ने तयारी एकीन गरिनुपर्दछ, यसो नगरी हुने बजेट व्यवस्थामा नियन्त्रण गरिनुपर्छ ।
९. कानून बमोजिम व्यक्ति विशेषलाई दिइने आर्थिक सुविधाको भूक्तानी EFT (Electronic Fund Transfer) विधिबाट गरिनु पर्दछ ।
१०. तीनै तहको सरकारबाट सृजना हुने लामो समयसम्म भुक्तानी गरिनुपर्ने दायित्व तततत निकायको सक्षमताको आधारमा ऐन बमोजिम मात्र गरिनु पर्दछ ।
११. नियामक निकायको क्षमता बढाइनु पर्दछ ।
१२. कुनै पनि सार्वजनिक पदमा (जनताबाट निर्वाचित हुने बाहेक) प्रतिस्पर्धाको आधारमा मात्र छनौट र नियुक्ति गरिनुपर्दछ ।
१३. सार्वजनिक पदमा रहने व्यक्तिले गर्ने विविध खर्चको कानूनबाट सीमा तोकिनुपर्दछ ।
१४. बजेट पद्धतिलाइ एजेन्सी पद्धतिमा लगिनुपर्दछ ।
१५. घरेलु उत्पादन, रैथाने बालीको संरक्षण र यसको बजार व्यवस्था र न्यूनतम मूल्यको सुनिश्चितता गरिनु पर्दछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend