काठमाडौं । अर्थतन्त्र संकटग्रस्त भएकाले सरकारी कार्यालयमा बोतलको पानी पिउन रोक लगाउने सरकारले आवश्यकै नभएको कार्यालयमा विशिष्ट श्रेणी सचिवको दरबन्दी थपेको छ । सरकारले केन्द्रीय तथ्यांक विभागलाई राष्ट्रिय तथ्यांक कार्यालयमा रूपान्तरण गरी सचिवको दरबन्दी थप गरेको हो । योजना आयोगमातहत रहेको तथ्यांक विभागको नाम मात्र परिवर्तन भएको छैन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइएको छ ।
सचिवको दरबन्दी थप गरी कार्यालय प्रमुखमा सचिव रामप्रसाद थपलियालाई जम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार तथ्याङ्क कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
एउटा सचिवको दरबन्दी थप गर्दा राज्यलाई मासिक रुपमा लाखौं ब्ययभार पर्न जान्छ । हाल बिशिष्ट श्रेणीमा निजामती, सुरक्षा निकाय, संस्थान, बोर्डसहित विभिन्न समूहमा गरी १ सय भन्दा बढी पद छन् । मन्त्रिपरिषद कार्यालय स्र्रोतका अनुसार विकास बजेट कटौती गर्ने प्रधानमन्त्रीले कुनै एक सहसचिवको स्वार्थका खातिर राज्यलाई अनावश्यक प्रशासनिक खर्च बढाउने काम गरेका छन् ।
तथ्यांकमा विशिष्ट श्रेणीको दरबन्दी कायम गरिएपछि संघीय सरकार मातहतका केन्द्रीय विभागहरु सबैमा विशिष्ट श्रेणीको नेतृत्व ल्याउनुपर्छ भन्ने अर्को बहस सुरु हुनेछ । जसले नेपालको प्रशासनिक संयन्त्रलाई बिरुप बनाउने र खर्च बढाउने बाहेक कुनै उपलब्धी हुने देखिंदैन ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend