Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायलबाट नेपाल फर्कन २ सय बढीले दिए आवेदन 


    मंगलबार, असोज २३ २०८०
    1.4K
    Shares
    05 May 2019, Palestinian Territories, Gaza City: An explosion goes off in a building targeted by an Israeli airstrike. Photo: Ibrahim Khalaf/APA Images via ZUMA Wire/dpa
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किनका लागि २ सय बढीले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् । आज मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताए ।

    मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनकाे हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ युद्धको अवस्था रहेको बताए । उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको जानकारी गराए ।

    ४ जनाकाे उपचार भइरहेकाे र एकजनाकाे अवस्था पहिचान नभएको उनको भनाइ छ ।

    यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको जानकारी गराए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार