Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायल आक्रमणमा नेपाली विद्यार्थी परेको प्रारम्भिक सूचना, परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक


    शनिबार, असोज २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा युद्धको घोषणा भएको छ । यहाँका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले यो युद्ध जित्ने बताएका छन् ।

    गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजारौं घाइते भएको सूचना सार्वजनिक भएको छ ।

    घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको बताइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बताएको छ।

    परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार अपराह्न सिंहदरबारस्थित मन्त्रालयमा आकस्मिक बैठक डाकेका छन् । भर्खरै सकिएको बैठकमा इजरायल पढ्न गएका विद्यार्थीमध्ये केही घाइते भएको सूचना प्राप्त गरेपछिको परिस्थिति विश्लेषण भएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार