Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेती नदीमा नुहाउने क्रममा डोटीका २ बालक बेपत्ता


    शनिबार, असोज २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा दुईजना बालक बेपत्ता भएका छन् ।

    दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए ।

    उनका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा छन् ।

    बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयबासिन्दा खटिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार