Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा भूकम्पको झट्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते


    शनिबार, असोज २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बझाङ। जिल्लाको मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आज गएको भूकम्पको धक्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते भएका छन् । शनिबार बिहान ११:४५ मा भूकम्प आउँदा घर छाएको स्लेट खसेको र आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन् ।

    उनको हातमा चोट लागेर नशा च्यातिएको भातेखोला स्वास्थ चौकीलाई उद्धत गर्दै मष्टा – ४ का वडा अध्यक्ष उत्तम जोशीले बताए

    उनको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ ।

    बझाङमा शनिबार बिहान ११:४५ बजे भातेखोला केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केल भुकम्प धक्का महशुस भएको थियो भने दिउँसो १२:३२ बजे पुनः तल्कोट गाउँपालिकाको धमेना आसपास केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भुकम्प गएको थियो ।

    गत मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि बझाङमा लगातार कम्पन भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार