Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कानुनमन्त्रीकोअर्मयादित शब्दहरु रेकर्डबाट हटाउन कांग्रेसको माग


    मंगलबार, असोज २० २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेपाली कांग्रेसले प्रदेश नं. ५ को प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभाकै रोष्ट्रमबाट सांसदहरुप्रति असहिष्णु र अर्मयादित व्यवहार गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

    काग्रेस प्रदेश नं. ५ को प्रदेश सचेतक निर्मला क्षेत्रीले विज्ञप्ती जारी गर्दै मन्त्रीले सांसदविरुद्ध बोलेका अर्मयादित शब्दहरु संसद सचिवालयको रेकर्डबाट हटाउन र ती शब्दहरु फिर्ता लिन रुलिङ गर्न सभामुखलाई आग्रह गरेकी हुन्।

    संसदको गरिमा र मर्यादा विपरित मन्त्रीले नै रोष्ट्रमबाट सांसदहरुलाइ घिसारेर निकाल्नुस् भनेर मर्यादा पालकलाई दिएको निर्देशनले सांंसदहरुलाई उत्तेजित बनाउने काम गरेको भन्दै  सचेतक क्षेत्रीले त्यसप्रति खेद प्रकट गरेकी छन्।

    सभामुखलाई साक्षी राखेरै असोभनीय र अर्मयादित सब्द प्रयोग गरी संसदको गरिमाको धज्जी उडाएको सचेतक क्षेत्रीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार