Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रालय फुटाएर मधेशमा सातौं पटक मन्त्री परिषद पुनर्गठन


    शुक्रबार, असोज १९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएर सातौं पटक मन्त्री पुनर्गठन गरेको छ ।

    चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेको हो ।

    सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ । सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

    मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज शुक्रबार विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार