काठमाडौं। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै आज उनले यस्ताे धारणा राखेका हुन् ।
संविधान निर्माण भएको ८ वर्षपछि ढिलै भए पनि सरकारले विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकामा धन्यवाद दिनुपर्ने भन्दै पुनले कतिपय त्रुटीलाई छलफल र संशोधनमार्फत सच्याएर परिस्कृत कानून निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘सरकारले ढिलो भए पनि विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकोमा धन्यवाद दिन चाहन्छु’, पुनले भने, ‘संविधाको मुल सैद्धान्तिक मर्म भनेको हामीले यस्तो राष्ट्रिय जनशक्ति उत्पादन गरौं, जसले देशलाई समाजवादतिर लिएर जान सकोस् । वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक यार पार्ने शिक्षाको कुरा हो । त्यस प्रकारको शिक्षाको प्रिन्सिफल वा सिद्धान्ततिर संधिानले दिशानिर्देश गरेको छ ।’
शिक्षा राज्यको दायित्व भएकामा जोड दिँदै उनले राज्य एक्लै भन्दा पनि शिक्षक र अभिभावकसहित विभिन्न सरोकारवाला पक्षसँग सहकार्य गरेर जानुपर्नेमा जाेड दिए ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend