Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भूकम्प पीडितलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : घर बनाइदिन्छौं


    शुक्रबार, असोज १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बझाङ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न आज बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।

    नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।

    उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए ।

    प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए । त्यो समस्या सुने पछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार