Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ


    शुक्रबार, असोज १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नुवाकोट। प्रहरीले मेघाङ गाउँपालिका-२ बुङताङबाट भरूवा बन्दुक २ थानसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् ।

    सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरूवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार