Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभामा पेश भयो ‘विद्युत विधेयक २०८०’


    बिहिबार, असोज १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८०’ पेश गरेका छन् ।

    बिहीबार बसेको बैठकमा सो विधेयक पेश गर्दै मन्त्री बस्नेतले विद्युत विकासको महत्व र आवश्यकतालाई ध्यान दिँदै विद्युत उत्पादन, वितरण र प्रशारण, विद्युत निर्यातलाई ध्यान दिँदै आम नेपालीमा विद्युतको पहुँचलाई सुनिश्चित गर्ने उदेश्यले विधेयक आएको बताएका हुन् ।

    आर्थिक विकासको पूर्वाधार थप सुदृढ गर्ने, आर्थिक क्षेत्रमा योगदान पुर्याउने ध्येयका साथ विधेयक पेश गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार