Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी जाँचबुझ आयोगका अध्यक्षले भने- बयानमा बोलाउँदा नआए पक्राउको अधिकार हामीसँग छ 


    बिहिबार, असोज १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ का अध्यक्ष डिल्लीराज आचार्यले हाल चर्चित सुन तस्करी प्रकरणमा मुछिएकालाई बयानमा बोलाउँदा उपस्थित नभएमा आयोगलाई पक्राउको अधिकार भएको उल्लेख गरेका छन् ।

    बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले अदालतलाई जे अधिकार छ, आयोगलाई पनि उस्तै अधिकार भएको बताए । उनले जाँचबुझ कार्यका लागि आफूहरू आन्तरिक कार्यविधि निर्माण गर्ने पनि जानकारी दिए ।

    ‘हामी आन्तरिक कार्यविधि निर्माण गर्छौँ । हामीलाई सुन तस्करीको छानबिनको क्रममा बयानमा बोलाउँदा मान्छे नआएको अवस्थामा पक्राउ गर्ने अधिकार समेत छ’, उनले भने, ‘अदालतलाई जे अधिकार हुन्छ, हामीलाई पनि त्यो अधिकार छ ।’

    आचार्यले सुन तस्करी प्रकरणको जाँचबुझ गर्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनलाई स्रोत सामग्रीको रूपमा लिएर काम गर्ने बताए । यस्तै न्यायिक र अर्धन्यायिक नियकालले गरेको आदेश र पmफैसलालाई अध्ययन गर्ने भन्दै उनले तोकिएको समयमा प्रतिवेदन तयार गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए । छानबिनको क्रममा आवश्यकताअनुसार प्रहरी र सरकारी वकिलको सहयोग लिने उल्लेख गर्दै उनले राजश्वसम्बन्धी विज्ञलाई पनि सहभागी गराइने बताए ।

    ‘राजश्व कसरी छली भयो भन्नेबारे जाँचबुझ गर्ने अधिकार छ । तर, तेस्रो मुलुकमा कसरी सुन जान्छ भन्ने कार्यादेश छैन भने, त्यो चाहिँ चुनौती छ’, उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार