Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजधानी सार्ने प्रस्तावले प्रदेश ५ संसदमा तनाव ,विपक्षी दलद्वारा रोस्ट्रम घेराउ


    मंगलबार, असोज २० २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसद्मा भएको छलफलमा तनाव भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधबीच संसद् अगाडि बढाउँदा तनाव भएको हो ।

    सरकारले औचित्यविना बुटवलबाट दाङमा राजधानी सार्न लागेको भन्दै कांग्रेस र जसपाका सांसदले बैठक अवरुद्ध गरे पनि सभामुख पूर्णबहादुर घर्तीले कुनै सुनुवाइ नगरी बैठक अगाडि बढाएका थिए । विरोध र नाराबाजी गर्दै रोस्ट्रममा पुगेका विपक्षी दलका सांसदको आवाजको सुनुवाइ नगर्दै सभामुखले बैठक अगाडि बढाएका थिए ।

    पहिलो बैठक सुरु भएको १० मिनेटमै कांग्रेसका सांसदले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घर्तीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । २ बजे बस्ने भनिएको बैठक झन्डै साढे ३ बजे सुरु भएको थियो । बैठक पुनः सुरु भएलगत्तै कांग्रेस र जसपाका सांसदहरू फेरि रोस्ट्रममा पुगेका थिए । विपक्षी दलको नाराबाजीबीच सभामुखले संसद् बैठक अगाडि बढाएपछि कांग्रेस र जनता समाजवादीका सांसदहरूले कुर्सी टेबल फोडेका थिए ।

    कांग्रेस सांसदहरू वीरेन्द्र कनौडिया, फकरुद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायत आफ्नो आवाजको सुुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएका थिए ।

    सभामु्ख घर्तीले प्रस्तावउपर छलफल गर्न पर्याप्त समय नदिएको भन्दै नेकपाका सांसदहरूले समेत हात उठाइरहेका थिए । नेकपा सांसद भोजप्रसाद श्रेष्ठले हात उठाइरहे पनि उनलाई सभामुखले समय दिएनन् ।

    त्यस्तै, नेकपाकै सांसद कृष्ण न्यौपाने र तुलसी चौधरीले बोल्ने समय दिन अनुरोध गर्दा सभामुखले समय दिएनन् । कांग्रेस सांसद निर्मला क्षेत्रीले संसद् निरंकुश शैलीमा अगाडि बढेको आरोप लगाइन् ।राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार