Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘रिगल’ विरुद्धको मुद्दामा सुनुवाइ सुरु 


    बिहिबार, असोज १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाँकेको नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको हो ।

    रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । स्वर्गीय चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

    आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार