Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा पैदल यात्रीको ज्यान गयो


    बिहिबार, असोज १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बाटोमा हिँडिरहेका एकजनाको मृत्यु भएको छ । थिमि तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा.५ च २०४९ नम्बरको कार आपसमा ठोक्किएको हो ।

    उक्त दुर्घटना हुँदा बाटोमा हिँडिरहेका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् । मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

    घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार