काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी वैशाखमा महाधिवेशन गर्ने भएको छ । हिजो बुधबार राति अबेर सकिएको बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको थप तयारीबारे निर्णय लिन नेसपाले छठलगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा सोबले जानकारी दिइन् ।
सोबका अनुसार माओवादी केन्द्र लगायत अन्य समाजवादी पार्टीसँग एकता गर्नका लागि वार्ता कमिटीलाई तुस्त दुरुस्त बनाउने निर्णय पनि भएको छ । यसअघि पार्टी एकताका लागि पठाएको ९ बुँदे आधार प्रस्तावको माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने निर्णय भएको उनले बताइन् ।
‘पार्टी एकताका लागि माओवादीलाई ९ बुँदे आधार पत्र पठाएका छौं । त्यसको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय भएको छ’, उनले भनिन्, ‘माओवादीले पठाएको पत्र पार्टी विभाजन गर्ने, अन्तरद्वन्द्वमा फसाउने गरी षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend