Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालगन्जमा कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकको निर्णय


    बुधबार, असोज १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालगन्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले गरेका छन् ।

    तर, आज रातभर भने कर्फ्यू कायम रहने सम्भावना रहेको छ । कर्फ्यू हटाउन जिल्लाको सुरक्षा समितिले निर्णय गर्नुपर्ने हुन्छ । उक्त बैठक बस्ने नबस्ने अझैसम्म टुङ्गो छैन ।

    आज सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

    नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट प्रशासनले कर्फ्यू लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार