Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जवान बेपत्ता


    बुधबार, असोज १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । उत्तर सिक्किमको लोनाक ताल विस्फोटपछि टिस्टा नदीमा एक्कासी आएको बाढीमा भारतीय सेनाका २३ बढी जवान बेपत्ता भएका छन् ।

    आज बुधबार बिहान साढे १ बजे अचानक आएको बाढीले सेनासँगै सेनाका शिविर र गाडी पनि बगाएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    उक्त बाढीपछि टिस्टाको पानीको बहाव एक्कासी बढ्दा बंगाल–सिक्किमको सीमावर्ती क्षेत्र मल्ली आसपासको राष्ट्रिय राजमार्ग एनएच १० पनि बगाएको छ ।

    सेनाका २३ सहित अन्य ७ जनालाई पनि बाढीले बेपत्ता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार