काठमाडौँ । आज बुधबार पनि बाँकेको नेपालगञ्जमा कर्फ्यू जारी छ।
हिजो मंगलबारदेखि कर्फ्यू लागेको नेपालगञ्जमा बुधबार स्थिति सामान्य बन्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले आज बिहानदेखि नेपालगञ्जको स्थिति शान्त र सामान्य बन्दै गएको बताए।
अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन भएको पनि उनले जानकारी दिए।
मानिसहरू भीडभाड हुन, जम्मा हुन रोक लगाइएको छ।
‘आज त्यस्तो कुनै स्थिति पनि देखिएको छैन,’ एसपी राठौरले भने ‘नेपालगञ्जवासीले ठूलो सावधानी र संयमता अपनाउनुभएको छ।’
स्थिति सामान्य बन्दै गएको हुँदा परिस्थिति विश्लेषण गरी सुरक्षा समितिको बैठक बसेर कर्फ्यू कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए।
उनका अनुसार बाँकेको जमुनाहा नाका झन्डै नौ सयको नेपालीहरू रोकिएकाले उनीहरूलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।
‘भारतबाट विभिन्न ठाउँबाट गए रातिसम्म नाकामा आएका नेपालीहरूको संख्या झन्डै ९ सय छ,’ एसपी राठौरले भने, ‘उहाँहरू पनि शान्तसँग बसेर सहयोग गर्नुभएको छ र अब उहाँहरूलाई गन्तव्यतर्फ पठाउने क्रम सुरू हुने छ।’
त्यसका लागि विभिन्न यातायात प्रालिसँग सहयोग मागिएको राठौरले बताए।
‘हामी हाम्रो गाडी पनि प्रयोग गर्छौं र उहाँहरूलाई कर्फ्यू लागेको क्षेत्रभन्दा बाहिरसम्म सुरक्षित पुर्याउने काम हुने छ,’ उनले भने।
सामाजिक सद्भाव खलबलिने आशंका बढेपछि स्थानीय प्रशासनले नेपागञ्जमा मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो।
बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धार्मिक एवं सामाजिक सद्भाव खलबलिने अवस्था आएपछि प्रशासनले कर्फ्यू लगाउनु परेको बताएको छ।
स्टाटस लेख्ने मानिसलाई कारबाहीको माग गर्दै मुस्लिम समुदायमा मानिस प्रशासन गुहार्न पुगेका थिए। ती व्यक्तिलाई पक्राउ नगरिएको भन्दै असोज १५ गते मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध र्याली निकालेका थिए। त्यसको विरोधमा फेरि मंगलबार बिहान त्यस्तै सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण ओमकार परिवार हिन्दु समाजले सदभाव र्यालीका नाममा विरोध र्याली निकालेका थिए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend