Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङमा बाटो क्रस गर्दा ट्रकले ठक्कर दिएपछि २ जना विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध


    बुधबार, असोज १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

    उक्त ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।

    धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ ।

    उक्त घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक अहिले प्रहरी नियन्त्रणमा छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार