काठमाडौँ। बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विपीन आचार्यले नेपालगञ्जको स्थिति नियन्त्रणउन्मुख रहेको जानकारी दिएका छन् ।
सामाजिक सद्भाव खलबलिने आशंका बढेपछि स्थानीय प्रशासनले मंगलबार नेपालगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
उक्त कर्फ्यू जारी भएसँगै अहिले स्थिति सामान्य भएको सिडिओ आचार्यले बताए। केही ठाउँमा भने प्रदर्शन गर्न मानिसहरू भेला भएका छन्।
प्रदर्शन गर्न भेला भएका ठाउँमा हुलहुज्जत गर्न खोज्नेलाई नियन्त्रणमा लिने सिडिओ आचार्यले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएको बताए। आवश्यक्ता अनुसार नियन्त्रणमा लिइने उनको भनाई थियो।
बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी फेसबुकमा लेखेको स्टाटसका कारण नेपालगन्जमा तनाव सिर्जना भएको हो।
स्टाटस लेखेपछि मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध र्याली निकालेको थियो। तर मंगलबार बिहान ओमकार हिन्दु समाजले पनि विरोध र्याली निकालेको थियो।
र्यालीमा सहभागी व्यक्तिहरूले सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा, उच्छृंखल गतिविधि गरेपछि धार्मिक सद्भाव भड्किन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो।
प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यू लगाएको छ।
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले नागरिकका समस्या, गुनासा र...
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend