Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित


    मंगलबार, असोज १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    खतिवडाले ५१२ मत ल्याउँदा प्रतिस्पर्धी ढकालले ४३९ मतमा ल्याए । ३५ मत बदर भएको छ ।

    यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।

    उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार