काठमाडौँ। चितुवाको आक्रमणबाट सल्यानमा चार जना घाइते भएका छन्।
घाइतेमध्ये जिल्लाको छत्रेश्वरी गाउँपालिका–३ दोली गाउँका ४० वर्षीय राजु केसीको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार उनको अनुहार र हात खुट्टामा चितुवाको आक्रमणबाट घाउ लागेको छ।
त्यस्तै सोही ठाउँका १६ वर्षीय छविलाल केसी, २७ वर्षीय भीमसेन थापा र ४० वर्षीय टेकबहादुर थापालाई पनि चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ। उनीहरूको तीनै जनाको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
उनीहरू सबैको चितुवाको आक्रमणबाट हात खुट्टामा चोटपटक लागेकाे छ।
डिएसपी कार्कीका अनुसार सोमबार बिहान ९ बजेतिर छत्रेश्वरी–३ दोलीका पूर्णराज विकले सञ्चालन गरेको कुखुरा फार्मभित्र चितुवा पसेको थियो। स्थानीयले त्यसबाहिर पासो थापेका थिए। स्याल र बाघसमेत बाख्रा तथा कुखुरा खान आउने हुँदा स्थानीयले पासो थापेका थिए।
खोरभित्र पसेर केही कुखुरा मारेपछि बाहिर निस्कने क्रममा चितुवा पासोमा फसेको थियो। राजु केसीले तीन चारवटा मरेका कुखुरा देखेपछि ढोका खोलेर हेर्दा चितुवाले आक्रमण गरेको बताइएको छ ।
त्यहाँबाट निस्किएको चितुवाले बाटोमा जसलाई भेट्यो त्यसैमाथि आक्रमण गर्दै हिँडेको डिएसपी कार्कीले बताए।
अहिले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend