Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित दुई जना पक्राउ


    सोमबार, असोज १५ २०८०
    835
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । झापा र सप्तरीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका-७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।

    यता सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

    प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना मानिसहरुले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।

    हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार