Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गौशालामा चल्यो गोली, एक जना घाइते


    सोमबार, असोज १५ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको गौशालामा गोली चलेको छ। उक्त गोली लागेर एक जना घाइते भएका छन्।

    आज सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ।

    घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्।

    फरार भएका ती व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार