Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेमा एक व्यक्तिको शव भेटियो


    सोमबार, असोज १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रे। काभ्रेको बनेपा नगरपालिका-१ स्थित कलमसीमा एक पुरुषको शव भेटिएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार बिहान कलमसीस्थित प्लटिङ गरेको जग्गामा एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले बताए।

    मृत फेला पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भई हाल कलमसी बस्दै आएका ५५ वर्षीय दुद्ध लाल घिसिङ रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जनाए ।

    उनकाअनुसार, शवलाई पोस्टमार्टमका लागि जिल्लास्थित धुलिखेल अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार