Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले कोशी अधिवेशनमा रातभर मतदान, आज मतगणना


    सोमबार, असोज १५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ ।

    निर्वाचन अधिकृतको कार्यालयले आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान साढे ५ बजे मतदान सकिएको बताइएको छ ।

    कोशीमा अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल प्रतिस्पर्धामा छन् । यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेस लामा मैदानमा छन् ।

    दुई जना उपसचिवमा ३ जनाको मनोनयन परेको छ । खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली उपसचिवको उम्मेदवारका रूपमा खडा भएका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार