Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भर्‍याङबाट लडेर एक वृद्वाकाे मृत्यु


    शुक्रबार, असोज १२ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला। शैल्यशिखर नगरपालिका-९ गाजरीमा भर्‍याङबाट लडेर एक वृद्वाको मृत्यु भएको छ । शुक्रबार बिहान आफ्नै घरको भर्‍याङबाट खसेर स्थानीय ७० वर्षीया कलावती महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहानै आफ्नै घरको सिढी (भर्‍याङ) बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए ।

    घटनाबारे बुझ्न प्रहरी वृद्वा लडेको घरमा खटिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार