Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगन्जको बालसुधार गृहबाट दुई किशोर फरार


    शुक्रबार, असोज १२ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगन्ज। वीरगन्ज बालसुधार गृहबाट दुईजना किशोर भागेका छन् । वीरगन्ज -४ वीर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

    सुधार गृहमा कूल १२६ जना बालक र किशोर रहेकोमा शुक्रबार बिहान दुईजना फरार रहेको काफ्लेले बताए । प्रहरीका अनुसार सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू गृहसँगै टाँसिएर रहेको मेडिकल क्लिनिको छतमा गइ त्यहाँबाट हाम फालेर भागेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बालसुधार गृहबाट फरार भएका दुवैजनाको खोजी भइरहेको बताए ।

    उक्त बालसुधार गृहमा गत भदौ २६ गते बालबालिकाहरूबीच विवाद भइ झडप हुँदाा ३ प्रहरी र ११ जना बालक घाइते भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार